logo
२०८१ बैशाख ८ शनिवार



हत्या गरेको आरोपमा भान्जा पक्राउ

खुला |
समाज |


हत्या गरेको आरोपमा भान्जा पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । मामाको हत्या गरेको आरोपमा भान्जालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा मामाको हत्या गरेको आरोपमा चन्द्रागिरि नगरपालिका ५ बस्ने भान्जा नाता पर्ने १८ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।

धादिङ थाक्रे गाउँपालिका ४ धैरेनी स्थायी घर भएका ३९ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा लुङगेनीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेको र कुटपिटपछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो ।

लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोटमा पठाईएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?