logo
२०८१ बैशाख ८ शनिवार



‘घर असुरक्षित’

खुला |
समाज |


‘घर असुरक्षित’


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । महिला हिंसाका घटनाको अध्ययनले महिलाका लागि घर सबैभन्दा असुरक्षित स्थानका रूपमा देखाएको छ ।
महिला पुनस्थार्पना केन्द्र (ओरेक)द्वारा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको बुलेटिन अन्वेषीमा सो तथ्य उजागर गरिएको छ । भएका महिला हिंसामध्ये ७६ प्रतिशत विवाहित महिलाले घरेलु हिंसा भोगिरहेको सो बुलेटिनमा उल्लेख गरिएको छ । ती हिंसा श्रीमान्बाट र घरपरिवारका सदस्यबाट भएको पाइएको छ । राष्ट्रिय महिला आयोगले विगत चार वर्षदेखिका उजुरीका आधारमा गरेको सर्वेक्षणले पनि घरभित्रै महिला असुरक्षित पाइएको छ । आयोगमा प्राप्त पाँच हजार ५१५ उजुरीमध्ये ८४ प्रतिशत विवाहित महिला घरेलु हिंसापीडित रहेको पाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?