logo
२०८० चैत्र १६ शुक्रवार



राप्रपाको राजनीतिक, आर्थिक र सामाजिक कार्यपत्र पारित

मुख्य समाचार |
राजनीति |


राप्रपाको राजनीतिक, आर्थिक र सामाजिक कार्यपत्र पारित


काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले विभिन्न तीन वटा कार्यपत्र पारित गरेको छ । मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने एकता महाधिवेशनअघि तयार भएका राजनीतिक, सामाजिक र आर्थिक प्रतिवेदन बिहीबार पारित भएको पार्टी केन्द्रीय सचिवाले जनाएको छ ।

अध्यक्ष पशुपति शम्शेर जबराद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको ‘राजनीतिक कार्यपत्र’ र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित भएका हुन् ।

त्यसैगरी बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधन सम्बन्धि मस्यौदा परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचन र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्गले आयव्याय विवरण प्रस्तुत गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?