logo
२०८१ बैशाख ८ शनिवार



डाँकाचोरी मुद्दाका फरार दुई जना पक्राउ

खुला |
प्रदेश |


डाँकाचोरी मुद्दाका फरार दुई जना पक्राउ


बेलिना थापा
लमजुङ, मङ्सिर ९ गते । लमजुङ प्रहरीले डाँकाचोरी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले डाँकाचोरी मुद्दामा फरार रहेका मर्स्याङ्दी गाउँपालिका ६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी गाउँपालिका ९ का ३१ बर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरेलाई पक्राउगरेको हो ।

उनीहरुलाई बुधबार सदरमुकाम बेंसीशहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार प्रकाश कतिलालाई ३० दिन कैद र धुरमुस भन्ने घिमिरेलाई २९ दिन कैद सजाय हुनेगरी जिल्ला अदालत, लमजुङबाट मुद्दा फैसला भएको थियो ।

उनीहरु विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट २०७६ साउन २२ गते डाँकाचोरी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?