logo
२०८१ बैशाख १३ बिहीवार



बाढी र पहिरोले अबरुद्ध सडक खुलाइँदै

खुला |
प्रदेश |


बाढी र पहिरोले अबरुद्ध सडक खुलाइँदै


शैलेन्द्र रोकाया
बझाङ, मंसिर १० गते । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी पहिरोका कारण अबरुद्ध सेती लोकमार्ग अन्तर्गतको जडार थामलेख सडक अस्थाई रुपमा खुलाउने काम सुरु भएको छ । बेमौसमी बर्षासंगै आएको बाढी र पहिरोकाकारण अवरुद्ध भएको सो सडक अस्थाई रुपमा खोल्न गाउँपालिकाले काम सुरु गरेको हो ।

खप्तडछान्ना गाउँपालिकामा जडारीगाडमा आएको बाढीले सडक छेउछाउँ हुँदैगएको सेती लोकमार्ग अन्तर्गत मष्टाको पातिहाल्नादेखि कालुखेतीसम्मको सडक अबरुद्ध बनेको थियो । बाढीले अधिकांश ठाउँमा सडक कटान गरी बगर बनाएको छ भने अधिकांश ठाउँमा सडक भएको ठाउँमा नदी बगेकाले स्थाईरुपमा निर्माण गर्न समस्या भएको छ ।

यसकासाथै सडकको केही ठाउँबाट माथिबाट पहिरो समेत बगेकाले सडकलाई दीर्घकालिन रुपमा सुरक्षित तरिकाले बनाउनुपर्ने स्थानीयको भनाई छ । खप्तडछान्ना गाउँपालिका –४ हिमन्त रोकायाले भन्नुभयो, “यो सडकलाई बनाउन ठूलो रकम आबश्यक पर्ने देखिन्छ, ठाँउ ठाउँमा पहिरा र कुनै ठाउँमा बाढीले सडक नै बगाएका कारण मंसिरदेखि बैशाखसम्म मात्र यो बाटो चल्छ पछि जडारीगाडमा पानीको बहाव बढी भएपछि फेरि अहिले बनाएको बैकल्पिक बाटो समेत बगाउँछ उहाँले बताउनुभयो ।

सडक अबरुद्ध भएकाकारण गाउँपालिकामा दैनिक उपभोग्य बस्तुको अभाब हुनुकासाथै भएको उपभोग्यबस्तुको मुल्य समेत आकाशिएको छ । बाढी र पहिरोले सबैभन्दा बढी क्षतीगरेको खप्तडछान्नामा अन्य ग्रामीण सडकहरु समेत अवरुद्ध छ । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भन्नुभयो, “अहिले गाउँपालिकाले अस्थाईरुपमा बैकल्पिक मार्ग खुलाउन दुई वटा स्काभेटर र एउटा जेसिबी लगाएर धमाधम काम गरिरहेका छौ ।”

दीर्घकालिन रुपमा यो सडकलाई राम्रोसँग बनाउनु पर्ने भएपनि दुई–चार महिनाका लागि अस्थाई रुपमा कामचलाउ बनाउन पनि काम गर्दैछौं ।” उहाँले यो सडकलाई दीर्धकालिन रुपमा बनाउन केन्द्रीय सरकारबाट प्रयाप्त बजेट बिनियोजन गरी सुचारु गर्नुपर्ने बताउनुभयो । जडारबाट अस्थाई रुपमा काम सुरु गरेको सो सडकमा लगभग पाँच किलोमिटर बैपल्पीक अस्थाई सडक बनाइसकेको छ । करिब चार दिनपछि यातायात सुचारु हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?