logo
२०८१ बैशाख १२ बुधवार



हात्तीको आक्रमणबाट मुत्युभएका मगरलाई १० लाख सहयोग

खुला |
प्रदेश |


हात्तीको आक्रमणबाट मुत्युभएका मगरलाई १० लाख सहयोग


धर्बेन्द्र झा
जनकपुरधाम, मंसिर ९ गते । धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणबाट आठ महिना अगाडि मुत्युभएका ८० वर्षिय पदमबहादुर खप्तरी मगरका परिवारलाई सरकारले १० लाख रुपियाँ राहत उपल्बध गराएको छ ।

बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित एक कार्यक्रमबीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र वन डिभिजन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले संयुक्त रुपमा १० लाख रुपियाँको चेक मृतकका पत्नी टुकीमाया खप्तरी मगरलाई प्रदान गर्नुभयो ।

राहत रक्मको चेक प्रदान गरिसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको र आवश्यक पर्ने कागजात तयार पार्नमा वन डिभिजन कार्यालयका प्रमुख कर्णले गरेको कामको प्रशंसा गर्नुभयो ।

राहत रकमको चेक बुझदै मृतक मगरका ७४ वर्षिया पत्नी टुकीपमायाले आफुलाई छोरारोरी नभएको अवस्थामा सरकारले यसप्रकारको सहयोग गरेपछि आफनो बाँकीको जिवन जिउन सहज हुने बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका लेखा अधिकृत निमर्ला काफले, नायव सुब्बा तैयव राइन, शसस्त्र वन रक्षक रामदेव यादव सहितकाको उपस्थिति रहेको थियो ।

२०७७ साल चैत १६ गते राति धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणमा परी पदमबहादुर खप्तरी मगरको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?