logo
२०८० चैत्र १६ शुक्रवार

  सर्वाेच्चका १८ न्यायाधीशकाे बैठक  



गाेलाप्रथाद्वारा इजलास ताेक्ने कार्यविधि पारित, भाेलिबाट नियमित सुनुवाइ

राष्ट्रिय |


गाेलाप्रथाद्वारा इजलास ताेक्ने कार्यविधि पारित, भाेलिबाट नियमित सुनुवाइ


काठमाडौं, मङ्सिर २ गते । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ ।

सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गाेेलाप्रथाबारेकाे कार्यविधि तयार गरेको एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

न्यायाधीशहरुको बैठकबाट निर्णय भए तयार भएकाे कार्यविधिलाई मुख्य रजिस्ट्रारले प्रधानन्यायाधीश समक्ष पेस गर्ने र प्रधानन्यायाधीशले पास गरे पछि साे कार्यविधि फुलकाेर्टले पारित गरे सरह हुने बताइएकाे छ ।

प्रधानन्यायाधीशबाट साे कार्यविधि अनुमाेदन भए त्यसपछि कानुन मन्त्रालयमा पठाउने छ । कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि गोला प्रणाली लागू गर्ने व्यवस्था कार्यान्वयनका लागि कानुनी आधार पूरा हुनेछ । साथै भाेलिबाट १९ जना न्यायाधीशहरूले कानुन व्यवसायी नचहिने खालका निवेदनहरूसँग सम्बन्धित सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय समेत भएकाे बताइएकाे छ । 

सर्वोच्चको नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था छ  । अब त्यसलाई संशोधन गरेर ‘गोला प्रणालीबाट मुद्दा तोकिनेछ’ बनाइनेछ ।

गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ  । त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?