logo
२०८१ बैशाख १३ बिहीवार



प्रधानन्यायाधीश जबराविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

खुला |
प्रदेश |


प्रधानन्यायाधीश जबराविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन


भोटराज राई
उदयपुर, कात्तिक २८ गते । नेपाल बार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा जिल्ला अदालत उदयपुरको वार एशोसिएशनमा आबद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका छन् ।

वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित धर्ना बसेको उदयपुर बारका प्रतिनिधिले बताउनुभएको छ । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराको राजीनामाका लागि दवाब सिर्जना गर्न अदालतको दुई घण्टा इजलास रोकिने गरी धर्ना कार्यक्रम गरेको बताएको छ । प्रधानन्यायाधीशलाई न्यायालयको मर्यादा राख्न नसकेको र बारलाई विवादित बनाएको भन्दै वकिलहरुले आन्दोलन थालेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?