logo
२०८० चैत्र १६ शुक्रवार



मूल्यवृद्धिको विरुद्ध नेविसंघको विरोध प्रदर्शन

खुला |
प्रदेश |


मूल्यवृद्धिको विरुद्ध नेविसंघको विरोध प्रदर्शन



मुरारी अधिकारी
धादिङ, कात्तिक २८ गते । सरकारले गरेको मूल्यवृद्धिको विरुद्ध नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले धादिङबेसीमा प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थ, ग्यास, यातयात तथा दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि तथा कालोबजारीको विरुद्धमा आइतबार धादिङबेसीमा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरिएको थियो । काँग्रेस सभापतिको नेतृत्वमा बनेको सरकारबाट पनि मूल्यवृद्धिलाई निरन्तरता दिइएकोमा आफूहरु सडकमा आउन बाध्य भएको नेविसंघका नेताहरुले बताउनुभएको छ ।
सरकारले निरन्तर मूल्यवृद्धि गरेर जनतालाई पीडामाथि पीडा थपेकाले विरोध प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ धादिङका पूर्व अध्यक्ष ईश्वर अधिकारीले बताउनुभयो । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल विद्यार्थी संघका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?