logo
२०८१ बैशाख ८ शनिवार



रकम निकासी नहुँदा तनहुँका ११० विद्यालयका भवन निर्माण रोकियो

खुला |
प्रदेश |


रकम निकासी नहुँदा तनहुँका ११० विद्यालयका भवन निर्माण रोकियो


अमरराज नहर्की
तनहुँ, कात्तिक २५ गते । भूकम्पमा क्षति पुगेर पुनर्निर्माण भइरहेका तनहुँका ११० वटा विद्यालयको रकम अभावले काम प्रभावित भएका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइले समयमा नै रकम निकासी नगर्दा भवन अधुरै रहेको हो । पुनरनिर्माणका लागि ठेक्का सम्झौता भई ७ करोड १५ लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको भवन अधुरै रहको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।

उक्त सङ्ख्याका विद्यालयमध्ये ६० वटा विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको तर वजेटको निकासी नहुँदा भवन निर्माण रोकिएको इकाईका इन्जिनियर अनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको इकाईले जनाएको छ ।

असारमा १० करोड माग गरी पठाएकोमा दुई करोड मात्रै निकासी भएकोले भुक्तानी दिन कठिनाई भएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । ३९ वटा चार कोठेको लागि २९ करोड ४३ लाख, ३ वटा ३ कोठेको लागि २ करोड ६ लाख ५९ हजार, २ कोठेका १२ वटा शौचालयको लागि ४ करोड ९९ लाख ४१ हजार ३० र खानेपानी २६ वटाको लागि ७ करोड ७९ लाख ९४ गरी भ्याट बाहेक ४८ करोड १३ लाख ७९ हजार रुपियाँ लागतमा ११० वटा निर्माणाधीन रहेको इकाईका सव इन्जिनियर विनोद गिरीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६–७७ को १९६ विद्यालय स्वीकृतमध्ये ८६ वटा भने निर्माण सम्पन्न भएको इकाइले जनाएको छ । पुस महिनासम्ममा पुनर्निमाण गर्ने भनिएको भएपनि रकम निकासी नहुँदा समयमा सम्पन्न गर्न नसकिने अवस्था आएको इन्जिनियर श्रेष्ठले बताउनु भयो ।

असारमै निर्माण पुरा गर्नुपर्ने भएपनि रकम समयमा नआएकाले अधुरै भएकोले ६ महिना म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?