logo
२०८० चैत्र १६ शुक्रवार



मालेको दशैभरको पालिका अधिवेशन मंगलबार, अध्यक्ष ओलीले दिउँसो १ बजे उद्घाटन गर्नुहुने

राष्ट्रिय |


मालेको दशैभरको पालिका अधिवेशन मंगलबार, अध्यक्ष ओलीले दिउँसो १ बजे उद्घाटन गर्नुहुने


काठमाडौं, कात्तिक ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको देशैभरको पालिका अधिवेशन एकसाथ सुरु हुने भएको छ । देशैभरका सात सय ५३ पालिकाहरुमा मंगलबार अधिवेशन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा दिउँसो १ बजे पालिका अधिवेशनको औपचारिक उद्घाटन गर्नुहुने तामाङले बताउनुभयो । उहाँका अनुसार एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष ओलीले पालिका अधिवेशनको भर्चुअल उद्घाटन एवम् सम्बोधन गर्नुहुनेछ । यसैगरी, एमाले पालिका अधिवेशनका लागि आवश्यक सूचना तथा लिङ्क सबै जिल्ला अध्यक्ष र पार्टीका ईन्चार्जहरुलाई पठाइएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका अनुरुप कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ भने सोही अनुरुप पालिका अधिवेशन पनि हुन गइरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?