logo
२०८० चैत्र १६ शुक्रवार



दोलखामा भीमेश्वर रङ्गशाला निर्माण सुरु

खुला |
प्रदेश |


दोलखामा भीमेश्वर रङ्गशाला निर्माण सुरु


बाबुराम शर्मा
चरीकोट, कात्तिक ८ गते । दोलखाकाे सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिकाले यहाँको टुडिखेलमा राष्ट्रियस्तरको भीमेश्वर रङ्गशाला निर्माण सुरु गरेको छ ।

पहिलो चरणमा १२ करोड ६५ लाख रुपियाँको लगानीमा खेलमैदानको तल्लो भागमा आयआर्जन हुने सटरसहित संरचना निर्माण सुरु भएको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो चरणमा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी ठेक्काको प्रक्रिया भइरहेको छ । पहिलो चरणको काम सम्पन्न हुनासाथ अर्को प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ । निर्माणको काम जिम्मा लिएको किराँतेश्वर सिमपानी जेभीका ई. राजकुमार केसीका अनुसार निर्माण करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

निर्माण भएको भवनको पहिलो तला ११४ मिटर लामो छ । यसमा शौचालय र भर्याङबाहेक १६ वटा सटर निर्माण भएका छन् । यी सटरहरु भाडामा दिनेगरी बनेका छन् । यसको माथिल्लो तलामा पनि १६ कोठा निर्माण हुने बताइएको छ । कोठाहरु खेलकुदसम्बन्धी काममा प्रयोग गरिने बताइएको छ ।

अर्को ब्लकमा मेसिनरी वालसहितको ५० मिटर लामो प्याराफिट पनि निर्माण हुने प्रोजेक्ट मेनेजर ई. केसीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?