logo
२०८१ बैशाख ७ शुक्रवार



हेटौडाको ज्यामिरेमा जङ्गली हात्तीको आतङ्क

खुला |
प्रदेश |


हेटौडाको ज्यामिरेमा जङ्गली हात्तीको आतङ्क
फाइल तस्विर


शिवकुमार रिजाल काँशी
हेटौँडा, कात्तिक ८ गते । जङ्गली हात्तीले पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बलौटा टोलमा तीनवटा घर भत्काएको छ । निकुन्ज क्षेत्रबाट आएको जङ्गली हात्तीले स्थानीय कमल गोपाली, इश्वर कार्की र शान्ति लामाको घर भत्काएको हो ।

आइतबार राति आएको हात्तीले घरका झ्यालढोका भत्काउन थालेपछि गाउँलेको भागाभाग भएको स्थानीयले बताएका छन् । हात्तीले आतङ्क मच्चाएपछि घर छाडेर भागेको मनहरी गाउँपालिका ९ का वडाध्यक्ष साधुराम अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गोपाली र कार्कीको घर हात्तीले भत्काएको छ । लामाको घर भत्काएर तिहारका लागि राखिएको जाँड हात्तीले खाइदिएको उहाँले बताउनुभयो । एक मुरी मकैको जाँड तिहारका लागि भनेर बनाएकी थिएँ, हात्तीले खाएर भागेछ उहाँले भन्नुभयो । जाँड खान पल्केको हात्ती फेरि गाउँमा आउनसक्ने भन्दै स्थानीयले सुरक्षा माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?