logo
२०८१ बैशाख ८ शनिवार



पाला बनाउन भ्याइनभ्याई

खुला |


पाला बनाउन भ्याइनभ्याई


गोरखापत्र समाचारदाता

भक्तपुर, कात्तिक ८ गते । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् ।
गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ ।
पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमालेले समुदायलाई अचेल पाला बनाउनै भ्याई नभ्याइ भएको बताउँदै तिहारमा दियोको उच्च माग हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखिएको बताउनुभयो ।
स्थानीय बुद्धिराम प्रजापति विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै उहाँले भन्नुभयो, “यो बेला परिवारका सबै खट्नुपर्छ । दिनमा दुई हजारदेखि पाँच हजार पाला बनाउनुपर्छ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न । ”
अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र नभई सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?