logo
२०८० चैत्र १६ शुक्रवार



२१ औँ आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विदाइ

खेलकुद |


२१ औँ आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विदाइ


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ५ गते । युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले  २१ औँ आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुभकामनासहित शुक्रबार विदाइ गर्नुभएको छ । सो प्रतियोगिता सर्वियाको राजधानी बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा ४८ के.जी. तौल समूहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समूहमा सनिल साहीले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । प्रमुख प्रशिक्षकमा प्रकास थापामगर, प्रशिक्षकमा किशोर लिम्बु र अफिसियल्समका नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारी रहनुभएको छ । अन्तराष्ट्रिय बक्सिङ संघको ७५ वर्षगाँठ मनाउन आइबाको निमन्त्रणमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले पनि बेलग्रेड जानुहुनेछ ।

विश्वका १०५ राष्ट्रका ६५० जना खेलाडीले १३ तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रतियोगिताको प्रत्येक तौल समूहमा स्वर्ण पदकका लागि एक लाख डलर, रजत पदकका लागि पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागि पच्चीस हजार डलर पुरस्कार राशी रहेको छ । यसैगरी विजेताले पदक र च्याम्पियनसिप बेल्ट पनि प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?