logo
२०८० चैत्र ६ मंगलवार



मेरापिक आरोहण पछि हराएका तीनजनाकाे घाइते अबस्थामा उद्धार

पर्यटन |


मेरापिक आरोहण पछि  हराएका तीनजनाकाे घाइते अबस्थामा उद्धार


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३ गते । मेरापिक आरोहण गरी फर्कने क्रममा मंगलबारदेखि वेपत्ता भएका चार मध्ये तीन जनालाई फेला पारी उद्धार गरिएको छ भने एक जना अझै वेपत्ता रहेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाका अनुसार मेरापिकको पाँच हजार ७०० मिटर मेराला नजिकको ओडारमा बसेको अवस्थामा तीन जनालाई फेला पारी उद्धार गरिएको जानकारी दिनुभयो ।

उद्धार गरिएका मध्ये मकालु एड्भेन्चर प्रालिबाट आरोहणका लागि गएका गाइड पासाङ शेर्पा, वेलायती पर्यटक सेउ र शेर्पा इभेन्ट अर्गानाइगर कम्पनीबाट पुगेका छेतेन शेर्पा रहेको लामाले जानकारी दिनुभयो । इभेन्ट अर्गानाइगरकै अर्का छिरिङ शेर्पा भने अझै वेपत्ता रहेको उहाँले बताउनुभयो ।

भारी हिमपातका कारण आरोहीहरु बाटो पत्ता लगाउन नसकेर अलमलिदाँ समस्यामा परेपछि आधारशिविर क्षेत्र रहेको कोथेबाट नेपाल पर्वतारोहण संघका सदस्य टोली र अन्य गाइडहरु समेत उद्धारमा खटिएको उहाँले बताउनुभयो । उद्धार गरिएका तीनै जनाको अवस्था गम्भिर रहेको संघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?