logo
२०८१ बैशाख ८ शनिवार



हिल्सा नाका क्षेत्र दुई दिनदेखि सम्पर्कविहीन

खुला |
प्रदेश |


हिल्सा नाका  क्षेत्र दुई दिनदेखि सम्पर्कविहीन


 

राजन रावत

हुम्ला कातिक २ गते । चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्कविहीन भएको छ । अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्कविहीन भएको हो ।
प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा सुरक्षा चौकी सम्पर्कविहीन भएको बताउनुभयो ।

सो क्षेत्रमा लगातार हिमपाती भई रहेको कारण पावरको कारण प्रहरी सेटमा सम्पर्क हुन नसकेको हुनसक्ने उहाँले बताउनुभयो । हिल्सामा सोमबार नै एक फिट हिउँ जमेको र हिउँ पर्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको थियो ।

अर्को, नेपाल टेलिकमको टावर नबनेको कारण सञ्चार सम्पर्क नहुने र वल्र्डलिंक सेवा पनि सोलारले काम नगरेको कारण बन्द रहेको हुन सक्ने प्रहरीले जनाएको छ । चार हजार मिटरभन्दा उच्च क्षेत्रमा रहेको हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी, नेपाल प्रहरीको सुरक्षा चौकी, हिल्साका होटेल व्यवसायी रहँदै आउनुभएको छ ।

यता, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको टोली पनि हिल्सामै रोकिएको जनाइएको छ । पाँच हजार मिटर अग्लो नारा लेकमा हिउँ जमेपछि सडक अवरुद्ध हुँदा यातायात बन्द भएको छ । हिमपात धेरै भएको कारण हिल्सा नाका पैदल मार्गबाट कहिले खुल्ने भन्ने एकिन हुनसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?