logo
२०८० चैत्र १६ शुक्रवार



ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खुला |
प्रदेश |


ट्याक्टर दुर्घटनामा चालकको मृत्यु



बेलिना थापा
लमजुङ, कात्तिक २ गते । लमजुङमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सदरमुकाम बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ त ५५६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दोर्दी गाउँपालिका वडा नं. ४ का २५ वर्षीय मनबहादुर गुरुङको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार निर्माण सामग्री लिएर मनाङ लैजाने क्रममा मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको नजिकै ओरालो सडकमा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर ओरालोतर्फ गुड्न खोज्दा चालकले ब्रेक लगाउन पुगेको हुन सक्ने बताउनुभयो । सोही समयमा ट्याक्टरको पछाडि राखिएको फलामले टाउको र गर्धनमा लागेको जनाएको छ । घरको रेलिङका लागि प्रयोग गरिने फलामले च्यापिएर गुरुङको घटनास्थलमै मृत्यु भएको नेपालीले बताउनुभयो । मृतक गुरुङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा राखिएको छ ।
ट्याक्टर भने रोकिएकै अवस्थामा राखिएको जस्तो देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्टरमा कुनै क्षति भएको छैन । उक्त दुर्घटना सोमबार साँझ साढे ६ बजेतिर भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर । तस्बिरः लमजुङ समाचारदाता

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?