logo
२०८० चैत्र १६ शुक्रवार



कर्णालीको बाढीले जितेको फेरी बगायो, बजार बगाउने खतरा

खुला |
प्रदेश |


कर्णालीको बाढीले जितेको फेरी बगायो, बजार बगाउने खतरा


प्रेमराज सिम्खडा
कालीकोट कार्तिक २ गते । शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी गाएको छ । करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते बजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो ।


स्थानीय कमल मल्लले फेरीसँगै जिते हाट बजारका पाँच वटा शौचालय बगाएकाले थप वर्षा भए बजार नै बगाउने खतरा रहेको वताउनुभयो ।
उहाँले कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको बहाब उच्च रहेको बताउनुभयो । जसरी तिला नदीमा पानीको मात्रा बढेको छ, त्यसरी कर्णाली नदीमा बढेमा जिते बजार पूरै बगाउने बताउनुभयो । जिते बजार कर्णाली र तिला नदीको दोभानमा छ । पुलको एक तर्फीको लठ्ठामा समेत पानी पुगेको मल्लले वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बजारका ब्यापारीलाई छिटो अन्यत्र जान भनेको र प्रहरी नेपाली सेनालाई परिचालन गरेको बताउनुभयो । प्रजिअ आचार्यले केही घन्टा यस्तै पानी परिरहेमा बजार पूरै बगाउने वताउनुभयो । फेरी बगेको छ । नदीको किनारमा बाँधेर राखेको फेरीलाई समेत बगाएकाले पानीको बहाब निकै वढिरहेको बताउनुभयो ।
बाढीले कर्णाली करिडोर पूरै अवरोध भएको छ । ठाउँ ठाउँमा पहिरो आएकाले करिडोर पूरै अवरोध भएको स्थानीयले बताएका छन । पचालझरना गाउँपालिका वडा नं १ को सिकु गाउँ पूरै जोखिममा छ। साविकको बदालकोट गाविस वडा नं ७ को सिकुगाउँका तीन वटा घर भत्किएका छन् भने अरु वस्ती नै उच्च जोखिमा रहेको स्थानीय पवन शाहीले वताउनुभयो ।
घर भत्किँदा एकको मृत्यु एक घाईते, गाउँ नै बिस्तापित
कालीकोट जिल्लाको महाँवै गाउँपालिका वडा न ७ मा एक घर भत्कीदा एक किसोरीको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको पानीका कारणले बिष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी वर्ष १८ की स्मृति अधिकारीको निधन भएको छ भने सँगै रहेकी उहाँको बहिनी वर्ष १५ की इनिशा अधिकारी घाइते भएकी छन ।
अधिकारीका अरु घर परिवार जनिकैको खर्कमा रहेकाले सुरक्षित भएका थिए । घरमा दुई बहिनी मात्र वस्दै आएका थिए । अरु परिवार भने सुरक्षित रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइतेको उद्धारमा समेत कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी चक्र शाहले प्रहरी निरीक्षकको कमाण्डमा आफ्नो टोली र नेपाली सेना, सशस्त्र प्रहरीको टोली घटना स्थलमा त्रिर्पाल, लगाएका राहतका सामाग्री लिएर गईरहेको बताउनुभयो ।
प्रहरी प्रमुख शाहका अनुसार वर्षातका कारणले वडा नं ७ को राम्नी गाउँका २५ देखि ३० घरपरिवार बिस्थापित भएका छन । नेकपा माओबादी केन्द्रका नेता दुर्गा काफ्लेका अनुसार पहिरोको उच्च जोखिम भएका कारणले राम्नीका एक बस्तीका नागरिकलाई राम माध्यमिक बिद्यालयमा राती १२ बजेबाट राखिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?