logo
२०८० चैत्र १६ शुक्रवार



पसाउन लागेको धानमा वर्षाले ठूलो क्षति

खुला |
प्रदेश |


पसाउन लागेको धानमा  वर्षाले ठूलो क्षति


विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १ गते । झापामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण किसानको पसाउन लागेको धानमा क्षति पुगेको छ । दमक ३ का सुकदेव लुइँटेलका अनुसार पसाउन लागेको धानबाली हावाहुरीले नमज्जाले क्षति पुगेको छ ।

वडा सदस्य लुइँटेलका अनुसार बिघौमा लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको उहाँले जानकारी दिनुभयो । “किसानहरुले धान क्षति भएको भनेर चिन्ता गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो ।

बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण झापामा शुक्रबारदेखि नै हावाहुरीसँगै पानी परिरहेको छ । पानीले पाँच हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईका अनुसार धेरै ठाउँमा धान क्षति भएको विवरण आइरहेका छन् । पालिकाका कृषि शाखाहरुबाट क्षतिको विवरण बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?