logo
२०८१ बैशाख ५ बुधवार



अविरल वर्षाले हुम्लामा हवाई उडान अवरुद्ध

खुला |
प्रदेश |


अविरल वर्षाले हुम्लामा हवाई उडान अवरुद्ध


राजन रावत
हुम्ला, कातिक १ गते । एक मात्र यातायातको साधन हवाई यातायात सोमबार अवरुद्ध भएको छ । आइतबार रातीबाट परेको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको बताइएको छ ।

बिहानैबाट नेपालगञ्जदेखि सिमकोटका लागि उडान भर्ने तयारी भएको भएपनि सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोबिन्द लामाले बताउनुभयो । अबिरल वर्षाका कारण उडान हुन नसकेको उहाँले बताउनुभयो ।

यता तारा एयरले पनि वर्षाको कारण उडान सेवा अवरुद्ध भएको जनाएको छ । नेपालगञ्जबाट जहाजहरुले उडान भर्ने तयारी गरेको भए पनि अविरल वर्षाको कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

हवाई सेवा अवरुद्ध भएपछि सिमकोटबाट नेपालगञ्ज जानका लागि टिकट हातमा लिएका चालीसभन्दा बढी यात्रु सिमकोटमै रोकिनुभएको छ । उता नेपालगञ्जबाट सिमकोट आउने यात्रु पनि नेपालगंजमै रोकिनुभएको छ । यसबाट दशैं मनाउन जिल्लाबाहिर गएका र जिल्ला भित्रिएका मानिसहरु मर्कामा परेका छन् । सेवा बन्द भएपछि कार्गोको सामान समेत ढुवानी हुन पाएको छैन । हुम्लामा समिट, तारा र सीता एयरका जहाजले उडान भर्दैआएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?