logo
२०८१ बैशाख ८ शनिवार



पानी पर्ने बित्तिकै पहिरो र लेदो- प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध

खुला |
प्रदेश |


पानी पर्ने बित्तिकै पहिरो र लेदो- प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध


 

सलिम मियाँ
बिजुवार(प्यूठान), कार्तिक १ गते। सडकमा पहिरो खसेपछि गए रातिदेखि प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध भएको छ । गएराति सरुमारानी गाउँपालिका–४ को बड्डाडा र माण्डवी गाउँपालिकाको थकलेनीबीचका सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । सरुमारानी गाउँपालिकाको बड्डाडादेखि प्यूठान तर्फका करिब आधा दर्जन बढी ठाउँमा पहिरो गएको छ ।
मल्लका अनुसार प्यूठान – भालुबाङ सडक खण्ड अन्तर्गतको गर्जेनी, अधेंरी, खहरेखोला, प्यारपाटालगायतका विभिन्न ठाउँमा ठूलो पहिरो गएको छ । सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने र बाहिरिने गाडीहरु बीचबाटोमै रोकिएका छन् । यहाँ पानी पर्नेबित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन । पछिल्लो समय मुख्य सडकसँग जोडिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ।
अहिले सडक डिभिजन कार्यालयको जेसिबीमार्फत पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?