logo
२०८१ बैशाख ४ मंगलवार



नेपाल भाषाको स्नातकोत्तर तहमा उत्कृष्ठ अंक ल्याउने शाक्य सम्मानित

खुला |


नेपाल भाषाको स्नातकोत्तर तहमा उत्कृष्ठ अंक ल्याउने शाक्य सम्मानित


गोरखापत्र समाचारदाता
भक्तपुर, असोज ३१ गते । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले ६० औं विराट नेपालभाषा साहित्य सम्मेलन आइतबार भक्तपुरमा सम्पन्न गरेको छ ।
स्थानीय विद्यालयमा नेपालभाषा विषयलाई पाठ्यक्रममा समावेश गर्नुका साथै सांस्कृतिक सम्पदा संरक्षण जस्ता उल्लेखनीय कार्यको लागि विशेष अतिथि काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यलाई सम्मान गरिएको थियो
स्नातकोत्तर तहमा नेपालभाषामा उत्कृष्ट अंक प्राप्त गर्न सफल विद्यार्थी प्रजित शाक्यलाई ‘सुरत्न पदक’ र नेपालभाषा बिषय लिई एस इ इ मा उत्कृष्ट अंक प्राप्त गर्ने सदीक्षा महर्जनलाई मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले पदक सहित नगद राशि प्रदान गर्नुभयो ।
सोही अवसरमा बाबुकाजी सुवालको ‘गंगु सिमा’ गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यलगायत मञ्चमा आश्रित व्यक्तिहरुले सामुहिक रुपमा बिमोचन गर्नुभयो । त्यसैगरी प्रत्येक वर्षमा झैं वरिष्ठ गायककार जुजुकाजी रञ्जितले सांगितिक प्रस्तुति गर्नुका साथै वरिष्ठ कवयित्री प्रतिसरा मानन्धर, डा. योगेन्द्र प्रधानलगायत करिब १७ जना साहित्यकारहरुले आ–आफ्नो साहित्य प्रस्तुत गर्नुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?