logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



कमलपोखरी पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न

खुला |


कमलपोखरी पुननिर्माणको काम ९५ प्रतिशत सम्पन्न


मनाेजरत्न शाही /केशव गुरूङ्ग, प्रस्तुति सपना थामी 

काठमाडौं, असोज ३१ गते । काठमाडौंको कमलपोखरी पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । कमलपोखरी पुननिर्माणको पहिलो चरणको काम ९५ प्रतिशत सम्पन्न भएको र अब छिट्टै नै पुननिर्माणले पूर्णता पाउने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।


केही समयअघि झारै–झार र दुर्गन्धित पानीमात्रै रहेको कमलपोखरीमा पर्यटक त के स्थानीयहरु पनि नजिक जादैनथे । तर, काठमाडौं महानगरपालिकाको सम्पदाको संरक्षण, सम्वद्र्धन र पर्यटनसँग जोड्ने नीति अनुरुप कमलपोखरीको पुननिर्माणसँगै अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुन थालेको शाक्य बताउनुहुन्छ । ‘वसन्तपुर, रानीपोखरीसँगै कमलपोखरी र नागपोखरीलाई पनि जोड्नेछौं । यसबाट आर्थिक हिसाबले पनि स्थानीयदेखि महानगरबासी सबै लाभान्वित हुनेछन् ।’, शाक्य बताउनुहुन्छ ।
कुल साढे ६ करोड रुपियाँ लागत लागेको शाक्यले बताउनुभयो । दीर्घकालीन टिकाउका लागि विगतका पुराना मन्दिरमा प्रयोग हुने एक मिटर लामो र ४ इन्च मोटाईका ढुङ्गाहरु पुननिर्माणमा प्रयोग गरिएको छ । कमलपोखरीस्थित प्रहरी बिटलाई समेत मालीगाउँमा व्यवस्थापन गरिएको र सो क्षेत्रको पाँच रोपनी जग्गा पनि खुला क्षेत्रको रुपमा व्यवस्थापन गरिने शाक्यले बताउनुभयो ।
राजनीतिक पूर्वाग्रहका कारण कमलपोखरी पुनर्निमाणमा केही विवाद पनि आएको शाक्य बताउनुहुन्छ । ‘तर अहिले पुननिर्माण भइसकेपछि उल्टै धन्यवाद दिँदैछन् । हामीहरुका कारण काममा केही ढिलाइ भयो भनेर भन्दैछन् । उनीहरुसँग अहिले आँखामा आँखा जुधाएर कुरा गर्ने आँट पनि छैन ।’, शाक्यले बताउनुभयो ।
नेवारी शैलीमा आकर्षक द्धार कमलपोखरीको प्रवेश विन्दुमा बन्नेछ । जसमा नौ वटा चैत्य र पोखरीको बीचमा कमल नै फुलिरहेजस्तो आकर्षक प्रतिमा निर्माण गरिने उहाँले बताउनुभयो । अब गजुर राख्ने र अन्तिम फिनिसिङको काम मात्रै बाँकी छ । पुननिमाणको अन्तिम चरणमै सो क्षेत्रमा फोटो खिचाउने र टिकटक बनाउनेहरुको संख्या दिनहुँ बढ्दो छ । महानगर प्रमुख शाक्य बताउनुहुन्छ – हामी जनताले दिएको जिम्मेवारी अनुसार काम गर्छौ, आफ्नो कार्यकालमा धेरै काम गरेका छौं । यसको मूल्यांकन गर्ने जिम्मा तपाईहरुका पनि हो ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?