logo
२०८१ बैशाख ११ मंगलवार



भाउजुको हत्या गरेको आशंकामा देवर पक्राउ

खुला |
प्रदेश |


भाउजुको हत्या गरेको आशंकामा देवर पक्राउ


नागेन्द्रकुमार कर्ण
जलेश्वर, असोज ३१ गते । महोत्तरीमा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ३ मडै घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका २४ सोनापैडा बस्ने ४२ वर्षिय संजयकुमार झा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आईतबार पत्रकार सम्मेलन गरी ४२ वर्षिया भाउजु शीलादेवी झालाई असोज २७ गते राति हथौडा प्रयोग गरी हत्या गरेको आरोपमा देवर झालाई पक्राउ गरेको हो ।

मडैस्थित घरमा गएर भाउजु शीलालाई हथौडाले तीन पटक टाउकोमा प्रहार गरेर देवर झाले हत्या गरेको प्रहरीको भनाइ  छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रंजन मिश्रले श्रीमती रिंकुदेवी झाको गर्भ तुहाएको, आफ्नो वुवा र दाजुलाई टुनामुना गरेर मारेको, सापटी लिएको रकम फिर्ता नगरेको कारणले भाउजुको हत्या गरेको सञ्जयले स्वीकार गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?