logo
२०८० चैत्र १६ शुक्रवार



बस दुर्घटना, ३५ जना घाईते, चार गम्भीर

खुला |
प्रदेश |


बस दुर्घटना, ३५ जना घाईते, चार गम्भीर


बिदुर आचार्य
चौतारा, असोज ३१ गते । सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौँ जाँदैगरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी बसमा सवार रहेका ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । चार जना घाईतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएकाहरुको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लिसंङ्खु पाखर गाउँपालिका लिसङ्खुबाट दशै मनाएर बस रिजर्भ गरी काठमाडौं जाँदैगरेको बस दुर्घटनामा परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?