logo
२०८१ बैशाख १२ बुधवार



ज्येष्ठ पत्रकारलाई सहायता, अस्वस्थलाई उपचार सहयोग

खुला |
प्रदेश |


ज्येष्ठ पत्रकारलाई सहायता, अस्वस्थलाई उपचार सहयोग


बिदुर आचार्य,
चौतारा, असोज ३१ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले जेष्ठ पत्रकारलाई सहायता प्रदान सुरु गरेको छ । शाखाले जेष्ठ पत्रकार सहायतासँगै कोभिड संक्रमित सहयोग र उपचार सहायता समेत प्रदानको काम शुरु गरेको छ ।

महासंघले एक कार्यक्रम गरी घोषणा गरेको सहायताबाट जिल्ला शाखामा आवद्ध ९७ सदस्यमध्ये एक जना जेष्ठ पत्रकार सदस्य राम केसीलाई नगद १२ हजार रुपियाँसहित जेष्ठ पत्रकार सहायता प्रदानको सुरुवात गरेको जनाएको छ ।

हरेक वर्ष ६० वर्ष पूरा भएका शाखाका सदस्यलाई जेष्ठ पत्रकार सहायता प्रदान गर्ने कार्यक्रम निरन्तर गर्ने शाखाले जनाएको छ । सिन्धुपाल्चोकमा रहेर लामो समयदेखि क्रियाशील पत्रकार केसीलाई जेष्ठ पत्रकार सहायता रकम हस्तान्तरण गरिएको हो ।

जिल्लाका १४ जना कोभिड संक्रमित शाखा सदस्यहरुलाई कोरोना उपचार सहायता प्रदान गरिएको शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शाखाले कार्यविधी निर्माण गरी आर्थिक सहायता प्रदान गरेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवातमा पत्रकार महासंघले ‘पत्रकार महासंघ कोभिड राहत कोष’ संकलन गरेको थियो ।

आम जिल्लावासी तथा शुभेच्छुकहरुबाट संकलित करिव १५ लाख रुपियाँबाट जिल्लाभरका स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि १४२ थान अक्सिजन सिलिण्डरको ब्यवस्थापन पत्रकार महासंघले गरेको थियो । कोभिड संक्रमितको उपचारसहित अन्य स्वास्थ्य समस्या भई अस्पतालमा उपचार गराएका १६ जना शाखा सदस्यलाई उपचार सहायता प्रदान गरिएको शाखाका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?