logo
२०८१ बैशाख ८ शनिवार



वडा अध्यक्ष थापाको निधन

खुला |
प्रदेश |


वडा अध्यक्ष थापाको निधन


बेलिना थापा
लमजुङ, असोज ३१ गते । लमजुङको राइनास नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ६८ बर्षीय देवबहादुर थापाको निधन भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि उपचाररत रहनुभएका उहाँको कोरोना संक्रमण नेगेटिभ आइसकेपछि पनि उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । वडाअध्यक्ष थापाको शनिबार दिउँसो १ बजेतिर काठमाडौंको बीर अस्पतालमा निधन भएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो ।

शरीरमा अस्वस्थ्यपन आएपछि उहाँ काठमाडौं गएर असोज २ गतेदेखि बीर अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँलाई कोरोना संक्रमण देखा परेपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उहाँमा नसाको समस्या पनि देखिएको परिवारका सदस्यले बताउनुभयो ।

सासम्बन्धी समस्या भएपछि उहाँको अपरेशन गरिएको थियो । अपरेशनपछि उपचारका क्रममा उहाँको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । उहाँ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट राइनास नगरपालिका वडा नं. ९ को वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली सेनाको पूर्व जम्दार समेत हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?