logo
२०८१ बैशाख ६ बिहीवार



नेकपा (एकीकृत समाजवादी) को ताप्लेजुङ जिल्ला इन्चार्जमा वनेम

खुला |
प्रदेश |


नेकपा (एकीकृत समाजवादी) को ताप्लेजुङ जिल्ला इन्चार्जमा वनेम


चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ३१ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को ताप्लेजुङ जिल्ला इन्चार्जमा खेम वनेम लिम्बू चयन हुनुभएको छ । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा योगदान गर्दै आउनुभएका वनेमलाई नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यमा मनोनित गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

एमाले विभाजन हुनुअघि हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षधर रहनुभएका वनेमले भर्खरै सम्पन्न पार्टी केन्द्रको बैठक र कार्यविभाजनमा इन्चार्जको जिम्मेवारी पाउनुभएको जिल्ला अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

यस्तै लामो समयदेखि कम्युनिस्ट राजनीतिमै सङ्लग्न रहँदै आउनुभएका ताप्लेजुङका अन्यले पनि पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउनुभएको छ । यसरी जिम्मेवारी पाउनेमा अम्विका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाङ्फे, नेत्र नेपाली हुनुहुन्छ ।

राजभण्डारीले केन्द्रीय सदस्य तथा प्रदेश १ महिला फाँटको जिम्मेवारी पाउनुभएको छ भने तुम्बाहाङ्फेले केन्द्रीय सल्लाहकार परिषद् सदस्य र नेपालीले केन्द्रीय परिषद सदस्यको जिम्मेवारी पाउनुभएको जिल्ला अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?