logo
२०८१ बैशाख ११ मंगलवार



फौजीलाई कुन हो, दशैं कुन हो चाड तिहार...

खुला |


फौजीलाई कुन हो, दशैं कुन हो चाड तिहार...
तस्बिर : मनाेजरत्न शाही


काठमाडाैं, असाेज २९ गते । 

पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन्
यसपालिको दशैंमा त घर आउ भन्थिन्
लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे थम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे
भन्नेलाई भन्दिए भो बिर्स घरबार
फौजीलाई कुन हो, दशैं कुन हो चाड तिहार...
जगदिश समालले लेख्नुभएको यो गीतले दशैं तिहारमा फौजीको दुःख र पीडालाई प्रतिबिम्बित गर्छ ।
वर्ष दिनमा आउने नेपालीहरुको महान् चाड दशैंमा आफ्नो सन्तान घर फकिन्छ भन्ने आश कुन बुबाआमाको नहँदो हो ? तर, फौजीका लागि भने यो अवसर विरलै जुर्छ । दशैंमा आफ्नो आमाबुबा र आफूभन्दा ठूलोको हातबाट टीका थाप्न नपाउँदा धेरै भक्कानिन्छन् ।
तर, आफ्नो कर्तव्यको अगाडि फौजीहरु नतमस्तक बन्छन् । घरपरिवारको खुशीभन्दा सर्वसाधारण जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर दिनरात नभनि आफ्नो कर्तव्य निर्वाह गर्न नतमस्तक बन्छन् ।
धेरैले फौजीले ड्युटीमै दशैंको टीका थाप्छन् र कार्यस्थलमै रमाउछन् । तर, यहि भिडमा केही फौजी भाग्यमानी पनि छन्, जसले घर दशैं मनाउन घर फर्किने सौभाग्य पाएका हुन्छन् र आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्ने अवसर पाउछन् ।
तर, महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्ययर असई निलम तामाङ यो वर्षको दशैंमा घर जान पाउनुभएन । दशैं सम्झँदा २८ वर्षीया असई निलमको मनमा उमङ्ग हुन्छ । तर, बाध्यता भनौ
‘बाल्यकाल दशैंमा खुम रमाउँथे तर, अहिले दशैंैमा घर जान नपाउँदा मन खिन्न हुन्छ’ उहाँ भन्नुहुन्छ । उहाँ अबिवाहित महिला प्रहरी कर्मचारी हुनुहुन्छ ।
‘घरमा आमा, बाहिनी र दुई दाजुभाई हुनुहुन्छ । घरमा मनाएको दशैं र बाहिर मनाएको दशैं, दशैं जस्तो नै लाग्दैन,’ उहाँ भन्नुहुन्छ ।
पूरै परिवार अहिले काठमाडौंमै रहेको बताउनुहुँदै उहाँले म त एक छिन् भएपनि घर गएर टीका थाप्छु । तर, घर टाढा हुने साथीहरुको लागि नरमाइलो लागि रहेको छ उहाँ बताउनुहुन्छ ।
‘माथिबाट बिदा नदिन भनि आदेश आउँछ । जसले गर्दा दशैंको टीकाको दिन पनि ड्यूटीमा खटिनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘दशैंमा सबैले रमाइलो गरेको देख्दा हामीलाई नराम्रो लाग्छ ।’
प्रहरीमा जागिर गरेदेखि उहाँ काठमाडौंमा नै हुनुहुन्छ । र विगत छ वर्षदेखि काठमाडौंमा नै दशैं मनाउँदै आएको उहाँ बताउनुहुन्छ ।
‘जागिर खाएको पनि छ वर्ष भयो । गाउँमा सबैको घरमा कमेरो र रातो माटोले घर पोत्ने, बलेसी, आँगनमा नयाँ माटोले लित्पोत गरेपछि दशंैको रौनक शुरु हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘गाउँघरमा घटस्थापनाका दिन पिङ हालिन्छ । पिङ हालिएसँगै दशैंको स्वागत गरिन्छ । मीठो खाने, राम्रो लगाउने रमाइलो गर्ने दशैंको विशेषता नै हो,’ उहाँ भन्नुहुन्छ ।
दशैं सिङ्गो समाजलाई एक ढिक्का पार्ने दुःखसुख आदानप्रदान गर्ने चाड हो । दशैं, सबै जाति, वर्ग, समुदायले मान्ने भएकाले यो सबैको साझा राष्ट्रिय पर्व हो । दशैंले सिङ्गो समाजलाई नै एक सूत्रमा बाँध्ने गर्छ । यसले सामाजिक सद्भाव, एकता र भाइचारा कायम गर्छ । जहाँ भाइचारा हुन्छ त्यहाँ शान्ति हुन्छ र प्रहरीले सामाजमा सधैँ शान्ति चाहेको निलम बताउनुहुन्छ ।
त्यसोत प्रहरीले अधिकारीहरुले दशैं नै मनाउन नपाउने भन्ने होइन । सम्बन्धित कार्यालयका इञ्चार्जले दशैं मनाउनका लागि चाँजोपाँजो मिलाउने गर्नुहुन्छ । आफ्नो परिवाससँग भेट्न नपाए पनि उहाँहरुले संगठनका सदस्यहरुसँग बसेर दशैं मनाउनुहुन्छ र आफ्ना इञ्चार्जहरुको बाहुलीबाट टीकार आशिर्वा थाप्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?