logo
२०८१ बैशाख ७ शुक्रवार



मदिराको नशामा श्रीमतीको हत्या गर्ने पक्राउ

खुला |
प्रदेश |


मदिराको नशामा श्रीमतीको हत्या गर्ने पक्राउ


 


गणेश खनाल
अर्घाखाँची, असोज २८ गते । मदिराको नशामा अर्घाखाँचीका एक श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । बुधवार राति गुल्मी जिल्ला ईस्मा गाउपालिका वडा नं। २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नं ८ मा भाडामा बस्ने ४३ वर्षीय लालबहादुर कुमालले आफ्नो श्रीमती वर्ष ३० की सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।
अभियुक्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो । मदिरा खाएर झगडा हुँदा नशाको तालमा हान्दा श्रीमतिको मृत्यु भएको प्रहरीसँग लालबहादुरले अपराध स्वीकारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बरबहादुुर थापाले बताउनुभयो ।

 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?