logo
२०८१ बैशाख १२ बुधवार



मुडा बेचेर तनहुँ कारागारका कैदी बन्दीहरुले दशैंको घर खर्च जोहो गरे

खुला |
प्रदेश |


मुडा बेचेर तनहुँ कारागारका कैदी बन्दीहरुले दशैंको घर खर्च जोहो गरे


अमरराज नहर्की
तनहुँ, असोज २७ गते । मुडा बेचेर आम्दानी गरी तनहुँ कारागारका कैदी बन्दीले दशैंका लागि घर खर्च पठाएका छन् । कैदी बन्दीलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काममा प्रेरित गरेपछि मुडा बनाउन सिकेर आम्दानी भएपछि घर खर्च जोहो गरेका हुन् ।

आचरणमा सुधार गर्न बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको कैदी बन्दीको भनाई छ । कारागारमा बन्दी जीवन बिताइरहेका नरबहादुर चन्दले मुडा बेचेर मासिक ७ हजारदेखि ८ हजार आम्दानी गर्दैआएको बताउनुभयो ।

बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले एक वर्षअघि देखि नै मुडा बुनिरहेको उहाँले बताउनुभयो । दशैंकाबेला पहिला विक्री नभएका मुडा समेत माग धेरै भएकाले विक्री गरिएको मुडा बेचेर २५ हजार रुपियाँ आम्दानी गरेको अर्का बन्दी राजु सापकोटाले जानकारी दिनुभयो ।

पोखरा, दमौली, आँबुखैरेनी, डुम्रे, खैरेनीटार, लमजुङ, गोरखालगायतका बजारमा मुडा राम्रो बिक्री हुनेगरेको कारागार प्रशासनले जनाएको छ । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले कैदी बन्दीले मुडा बुन्ने र भएको आम्दानी दशै तिहारका लागि आफ्ना परिवारजनलाई पठाउनेगरेको जानकारी दिनुभयो ।

ए ब्लकमा बस्ने ४५ र बी ब्लकमा बस्ने ५५ जनाले बाँसको मुडा बुन्दै आइररहेको उहाँले जानकारी दिनुभयो । न्यूनतम २ सय ७५ देखि ७ हजार रुपियाँसम्मका मुडाहरु बेच्ने गरेको कारागारले जनाएको छ । स्थानीय बाँस र रङ, धागो, टायर, रड, चितवनबाट ल्याएर मुडा बुन्ने गरेको ए ब्लकका चौकीदार विकास श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा कैदी बन्दीले बुनेका मुडा कारागारभित्रै रहेका कैदीले नै ठेक्कामा लिई बजारमा पु¥याउने गरेका थिए । यस वर्ष मुडा स्थानीय व्यापारीहरु कारागारमै आएर खरिद गरी लैजाने गरेको बताउनुभयो । अर्डर बमोजिम डाइनिङ टेबलसमेत बनाइने कैदी बन्दीहरुले बताएका छन् । यसअघिका वर्षमा कैदी बन्दीहरुले निर्माण गरेका मुडाहरु गोदाममै थन्किदै आएपनि यस वर्ष राम्रो बिक्री भएको र मागअनुसार पु¥याउन सकेकोमा खुशी भएको बताउनुभयो ।

कैदीबन्दीले बुनेका मुडा गुणस्तरीय र टिकाउ हुने भएकाले स्थानीय बजारमा माग अत्यधिक रहेको कैदी बन्दीहरुको भनाई छ । कारागारको ए ब्लकमा १ सय २४ र बी ब्लकमा १ सय ६२ गरी २ सय ८६ जना कैदीबन्दी छन् । व्यक्तित्व विकास, आचरण सुधार गर्दै फुसर्दको समयलाई कसरी सदुपयोग गर्ने भन्ने कुरालाई उपयोग गर्नका लागि सीपमूलक काम आवश्यक रहेको चौकीदार श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?