logo
२०८१ बैशाख ७ शुक्रवार



हराएको बालक फेला परेपछि परिवारको जिम्मा, छोरा भेटिएपछि आमाबाबु खुशी

खुला |
प्रदेश |


हराएको बालक फेला परेपछि परिवारको जिम्मा, छोरा भेटिएपछि आमाबाबु खुशी


नारद कोहार
तौलिहवा, असोज २७ गते । भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको एक बालकलाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । कपिलबस्तु नगरपालिका ३ जमोहरी घर भएका १४ वर्षिय काशिराम तेलीलाई भारतमा बालबालिका, मानव बेचविखन लगायतको क्षेत्रमा कार्यरत सुंयक्त नेपाली महासंघ सस्था मुम्बईले उद्धार गरी प्रहरी कार्यालय कपिलबस्तुको रोहबरमा परिवारको जिम्मा लगाएको हो ।

आफ्नो हराएको छोरा भेटेपछि धेरै हर्षित भएको काशिराम तेलीका आमा जोखनी तेलीले बताउनुभयो । जबदेखि मेरो छोरा हराएको थियो तब देखि म रोएर दिन विताइरहेको थिएँ उहाँले भन्नुभयो । बालकका बुवा विक्रम तेलिले आफ्नो छोरालाई खोजी कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिनुभयो ।

हामीले बाँके, बर्दिया, कञ्चनपुर र दार्चुलाका बालबालिकालाई यो भन्दा पहिले उद्धार गरेर सम्बन्धित परिवारको जिम्मा लगाएर नेपाल पठाएको सुंयक्त नेपाली महासंघ सस्था मुम्बईका महासचिव श्रीपुरन कुवँरले बताउनुभयो । काशिरामका परिवारको परिस्थितिले गर्दा मुम्बई पुग्न नसकेका कारणले हामीलाई बध्यता बस कपिलबस्तु आउनुपरेको महासचिव कुवँरले बताउनुभयो ।

भारतको मुम्बईस्थित सुंयक्त नेपाली महासंघका पदाधिकारीहरुसँग कुराकानी हुनेक्रममा संस्थाका महासचिव श्रीपुरन कुँवरसँगको विशेष पहलमा आज भारतबाट उहाँहरुको सहयोगमा बालकको बुवा राम विक्रम तेली, आमा जोखनी तेली, बालको दाजु, वडा नं. ३ का वडाअध्यक्ष रुद्रबहादुर गैरे लगायतको रोहबरमा बालकलाई परिवारको जिम्मा लगाइएको प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

बालक २०७७ फागनु २९ गतेदेखि हराएको थियो । छोरा फेला नपरेपछि कशिरामका परिवारजनले जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा उजुरी दिएका थिए । सुंयक्त नेपाली महासंघले अलपत्र परेका बालबालिका, दुर्घटना तथा मृत भएका नेपालीहरुलाई दाहसंस्कार गर्ने, नेपाल आउनेलाई गाडी भाडा नभएकालाई गाडीभाडा उपलब्ध गराउने, असाहयलाई आर्थिक सहयोग गर्ने लगायतको कार्यहरु गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?