logo
२०८१ बैशाख १३ बिहीवार

तालको पानी ७० प्रतिशत घट्यो, जोखिम टर्दै (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-10-12-48535


प्रेमराज सिम्खडा
कालीकोट, असोज २६ गते । गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरवाट खसेको पहिरोले थुनिएको कर्णाली नदीको तलाउ बिस्तै कम हुदै गएको छ ।
पहिरोले थुनिएको कर्णाली आफ्नै तरिकाले पहिरो माथिबाट वग्न थालेको र एक किलोमिटर तलाउ घट्दै गएर अव ३० प्रतिशत मात्र वाँकी रहेको वाजुरा प्रहरीले जनाएको छ । वाजुराका प्रहरी प्रमुख मदनदीप महाराले सुख्खा पहिरो अहिले पनि झरिरहेको भएपनि नदीले त्यसैलाई वगाएर आफ्नो स्थान कायम राखेकाले जोखिम कम भएको वताउनुभयो ।
त्यहाँ प्रहरी निरीक्षक देवराज जोसी पहिरोको अबस्था बुझन सो स्थानमा जानुभएको र उहाँले दिएको जानकारी अनुसार पहिरो पनि कम भएको र ताल परेको पानी पनि ७० प्रतिसत बगिसकेकाले अब जोखिम हट्दै गएको जानकारी दिनु भएको वताउनुभयो ।
पहिरोका कारणले करिव एक किलोमिटरसम्म कर्णाली थुनिएर ताल वनेको थियो । बिस्तारै पुरानै लयमा फर्किएको छ । दुई घण्टा सम्म कर्णाली नदी थुनिएको थियो ।
स साना खोला र केही समय पछि पहिरो माथिबाट बगेको पानीले कर्णाली नदीमा पानीको वहाब सामान्य खोलामा परिणत भएको थियो । दुई घण्टा पछि भने नदी आफ्नो पुरानै लयमा बग्न थालेपछि नागरिकमा त्रास केही कम भएको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा ८ देखि १० मिटर तल झरेको स्थानीयले वताएपछि केही समय कहाँ के भयो भनेर हल्लाखल्ला नै चलेको थियो ।