logo
२०८१ बैशाख ८ शनिवार



मुगु दुर्घटनाका १० घाइतेको कोहलपुरमा उपचार हुँदै

खुला |


मुगु दुर्घटनाका १० घाइतेको कोहलपुरमा उपचार हुँदै


सिराज खान
नेपालगञ्ज, असोज २६ गते। मुगु बस दुर्घटनामा घाइते भएका १० जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । हेलिकप्टर र प्लेनमार्फत मार्फत कोहलपुर ल्याइएका उनीहरुको मेडिकल कलेजमा उपचार भइरहेको हो । दुई जना बालक, दुई महिलासहित १० जनाको आकस्मिक वार्डमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार कोहलपुर ल्याइएका मध्ये मुगुकाु छायाँनाथ रारा नगरपालिका– ११ की रीता सावदको अवस्था गम्भीर रहेको छ । उहाँको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँका ११ वर्षीया छोरा सुस्मिता सावदको समेत कोहलपुरमा नै उपचार भइरहेको छ ।
यस्तै कोहलपुर मेडिकल कलेजमा दुई बाबु छोराको समेतसँगै उपचार भइरहेको छ । दसैं मनाउन घर गएका तीन परिवारमध्ये आमा कमला रावलको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।
अहिले कोहलपुरमा ३१ वर्षीया प्रेम बहादुर रावल र ६ वर्षीय छोरा लक्कीजंग रावलको उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संग्लन चिकित्सहरुले जनाएका छन् ।  यस्तै मुगुको सोरु गाउँपालिका– ८ लक्कीजंग शाही, छायाँनाथ रारा नगरपालिका– ७ का शैलेन्द्र शाही, छायाँनाथ राराकै सम्झना रावल र २३ वर्षीय सुगराज मल्लको पनि उपचार भइरहेको छ । एक जनाको अझै परिचय न खुलेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?