logo
२०८० चैत्र १६ शुक्रवार



संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न आग्रह

अन्तर्राष्ट्रिय |


संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न आग्रह


न्यूयोर्क, असोज २६ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन् ‘तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा–अफगान नागरिकहरू–महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित–उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।’ त्यो पूरा हुनुपर्छ ।

‘म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,गुटेरेसले जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?