logo
२०८१ बैशाख ८ शनिवार



कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

खुला |
प्रदेश |


कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै


राजन रावत
हुम्ला, असोज १८ गते । नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य शुरुभएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमअनुसार सेनाले सडकको सो काम गर्दैआएको हो ।

नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दैआएको बताउनुभयो । कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि सलीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटेको उहाँले बताउनुभयो ।

यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जनभन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य भइरहेको सेनाले जनाएको छ । नियमअनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएकाकारण हाल उक्त खण्डमा काम भइरहेको जनाइएको छ ।

धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा मर्मतको काम जारी रहेको छ । वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडकमध्ये हुम्ला खण्डमा बढी क्षेती पुगेको छ । सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो ।

त्यसैगरि सडकको विभिन्न ठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरिरहेको छ । बिग्रे भत्केको सडकको मर्मतका लागि भनेर नेपाली सेनाले सडक हस्तान्तरण पछि पनि क्याम्प नछोडेको कार्कीले बताउनुभयो । आगामी कात्तिक महिनासम्म सडक अबरुद्ध वा भत्केमा सेनाले नै त्यसको मर्मतको जिम्मा लिनुपर्ने सहमति छ । गत असार ३१ गते आफुले निर्माण गरेको कर्णाली करिडोरको सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?