logo
२०८० चैत्र १६ शुक्रवार



देशभर पूर्ण खोप लगाउनेको संख्या ३२ प्रतिशत, कुन जिल्लामा कति

स्वास्थ्य |


देशभर पूर्ण खोप लगाउनेको संख्या ३२ प्रतिशत, कुन जिल्लामा कति


काठमाडौं, असोज १७ गते । नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालका अनुसार नेपालमा १८ वर्षमाथिका कुल एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा अपेक्षित ३२ लाख ७५ हजार ८६६ जनसङ्ख्यामध्ये पूर्ण मात्रामा खोप लगाउने २३ प्रतिशत छन् ३३ प्रतिशतले पहिलाे मात्र खोप लगाएका छन् ।
जसअन्तर्गत ताप्लेजुङ जिल्लामा ८६ हजार ३४३ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३० प्रतिशतले पहिलोमात्रा खोप लगाएका छन् । सङ्खुवासभामा एक लाख दुई हजार ५९६ अपेक्षित जनसङ्ख्यामध्ये ३१ प्रतिशतले पूर्ण मात्रा र ६६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सोलुखुम्बु जिल्लामा ६७ हजार २६४ जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ओखलढुङ्गामा एक लाख ४१ अपेक्षित जनसङ्ख्यामा २४ प्रतिशतले पूर्ण मात्रा र ३८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोटाङमा एक लाख १३ हजार ३८ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्णमात्रा र ३८ प्रतिशतले पहिले मात्रा खोप लगाएका छन् । भोजपुरमा एक लाख एक हजार ३५७ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । धनकुटामा एक लाख १३ हजार ३५७ अपेक्षित जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यसैगरी तेह्रथुममा ६६ हजार ३५९ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्णमात्रा र ४० प्रतशतले पहिलो मात्रा खोप लगाएका छन् । पाँचथरमा एक लाख ३० हजार १३१ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । इलाममा दुई लाख छ हजार ६०८ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्णमात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
झापामा छ लाख १५ हजार ९६७ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मोरङमा सात लाख २७ अजार ८४ अपेक्षित जनसङ्ख्यामध्ये १२ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने १९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । सुनसरीमा छ लाख नौ हजार २५८ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् भने ३३ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । उदयपुर जिल्लामा दुई लाख ३६ हजार ६७६ अपेक्षित जनसङ्ख्यामध्ये नौ प्रतिशतले पूर्ण मात्रा र १९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।
यस्तै प्रदेश २ मा ४१ लाख ६० हजार ४२५ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । जसअन्तर्गत सप्तरीमा चार लाख ७१ हजार ९७७ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पहिलो मात्रा र २५ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । सिराहामा चार लाख ६६ हजार ९८९ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
धनुषामा पाँच लाख ५९ हजार २५२ अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । महोत्तरीमा चार लाख ७१ हजार ७०५ अपेक्षित जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्ण मात्रा र २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सर्लाहीमा पाँच लाख ९५ हजार ९६६ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा र २४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रौतहटमा पाँच लाख ६३ हजार ७६४ अपेक्षित जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्ण मात्रा र १८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको छन् । बारामा पाँच लाख ५३ हजार ६४६ अपेक्षित जनसङ्ख्यामध्ये २५ प्रतिशतले पूर्ण मात्रा र ३० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । पर्सामा चार लाख ७७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्ण मात्रा र २३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यसैगरी बाग्मती प्रदेशमा ४२ लाख ८३ हजार १४४ अपेक्षित जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पूर्ण मात्रा र ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत दोलखामा एक लाख २३ हजार ३२२ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्ण मात्रा र ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सिन्धुपाल्चोकमा एक लाख ९४ हजार ३०३ अपेक्षित जनसङ्ख्यामध्ये ३० प्रतिशतले पूर्ण मात्रा र ५७ प्रतिशतले पहिलो मात्रा खोेप लगाएका छन् ।
रसुवामा २९ हजार ७७१ अपेक्षित जनसङ्ख्यामध्ये ७३ प्रतिशतले पूर्ण मात्रा र ८८ प्रतिशतले पहिलो मात्रा खाप लगाएका छन् । धादिङमा दुई लाख ३४ हजार ३०९ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा र २८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । नुवाकोटमा एक लाख ८९ हजार ९५० अपेक्षित जनसङ्ख्यामध्ये ३५ प्रतिशतले पूर्ण मात्रा र ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । काठमाडौंमा १५ लाख ६२ अपेक्षित जनसङ्ख्यामध्ये ७४ प्रतिशतले पूर्ण मात्रा र ८१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० अपेक्षित जनसङ्ख्यामध्ये ७० प्रतिशतले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ अपेक्षित जनसङ्ख्यामध्ये ७५ प्रतिशतले पूर्ण मात्रा र ६३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । काभ्रेमा दुई लाख ६६ हजार २७८ अपेक्षित जनसङ्ख्यामध्ये ५१ प्रतिशतले पूर्ण मात्रा र ५८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रामेछापमा एक लाख ३७ हजार ८९१ अपेक्षित जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पूर्ण मात्रा र ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सिन्धुलीमा दुई लाख पाँच हजार ६९७ अपेक्षित जनसङ्ख्यामध्ये १६ प्रतिशतले पूर्ण मात्रा र २२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मकवानपुरमा तीन लाख छ हजार ४८२ अपेक्षित जनसङ्ख्यामध्ये ४२ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । चितवनमा चार लाख ६५ हजार ३६६ अपेक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतले पूर्ण मात्रा र ५२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै गण्डकी प्रदेशमा १६ लाख ६३ हजार ९२४ अपेक्षित जनसङ्ख्यामध्ये ३७ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । जसअन्तर्गत गोरखामा एक लाख ६१ हजार ३९५ अपेक्षित जनसङ्ख्यामध्ये ३५ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
मनाङमा चार हजार १५४ अपेक्षित जनसङ्ख्यामध्ये १०८ प्रतिशतले पूर्ण मात्रा र ५५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मुस्ताङमा सात हजार ४८४ अपेक्षित जनसङ्ख्यामध्ये ८४ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । म्याग्दीमा ७२ हजार ९७३ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ४४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
कास्कीमा तीन लाख ९१ हजार ७०४ अपेक्षित जनसङ्ख्यामध्ये ४७ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ३८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । लमजुङमा एक लाख १३ हजार ४८२ अपेक्षित जनसङ्ख्यामध्ये ४५ प्रतिशतले पूर्ण मात्रा र ४७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । तनहुँमा दुई लाख २९ हजार ३४७ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
नवलपरासी पूर्वमा दुई लाख ३४ हजार ४७९ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्याङ्जामा एक लाख ६३ हजार ८४० अपेक्षित जनसङ्ख्यामध्ये ४३ प्रतिशतले पूर्ण मात्रा र ५० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । पर्वतमा ९७ हजार ९१५अपेक्षित जनसङ्ख्यामध्ये ३८ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बाग्लुङ्मा एक लाख ८७ हजार ६५२ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र ३० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । जसअन्तर्गत पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रोल्पामा एक लाख ५७ हजार ३६९ अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । प्यूठानमा एक लाख ६० हजार ४१८ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । गुल्मीमा एक लाख ६७ हजार ६२७ अपेक्षित जनसङ्ख्यामध्ये ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । अर्घाखाँचीमा एक लाख ३३ हजार ६५५ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
पाल्पामा एक लाख ६२ हजार ९४९ अपेक्षित जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । पूर्वी नवलपरासीमा दुई लाख ४९ हजार ५३४ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रुपन्देहीमा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कपिलवस्तुमा चार लाख ४५ हजार नौ सय अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । दाङमा चार लाख ३२ हजार ५७३ अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बाँकेमा चार लाख छ हजार १६५ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बर्दियामा तीन लाख १९ हजार ५६ अपेक्षित जनसङ्ख्यामध्ये २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै कर्णाली प्रदेशमा १२ लाख तीन हजार २८९ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्ण मात्रा र २८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ जसअन्तर्गत डोल्पामा २८ हजार २११ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र ३५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मुगुमा ४२ हजार ६४७ अपेक्षित जनसङ्ख्यामध्ये २२ प्रतिशतले पूर्ण मात्रा र ३३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
हुम्लामा ३९ हजार १७७ अपेक्षित जनसङ्ख्यामध्ये १६ प्रतिशतले पूर्ण मात्रा र २६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । जुम्लामा ८३ हजार ३६७ अपेक्षित जनसङ्ख्यामध्ये २५ प्रतिशतले पूर्ण मात्रा र २४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कालिकोटमा एक लाख छ हजार २७६ अपेक्षित जनसङ्ख्यामध्ये १५ प्रतिशतले पूर्ण मात्रा र २० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । दैलेखमा एक लाख ९८ हजार ६७ अपेक्षित जनसङ्ख्यामध्ये १६ प्रतिशतले पूर्ण मात्रा र २२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
जाजरकोटमा एक लाख ३२ हजार २६६ अपेक्षित जनसङ्ख्यामध्ये ११ प्रतिशतले पूर्ण मात्रा र १४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रुकुम पश्चिममा एक लाख १३ हजार ३८ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र २४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सल्यानमा एक लाख ८१ हजार ११७ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र २२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । सुर्खेतमा दुई लाख ७९ हजार १२२ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्ण मात्रा र ४६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशमा १९ लाख ४८ हजार ३८८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । जसअन्तर्गत बाजुरामा एक लाख तीन हजार ५७८ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बझाङमा एक लाख ४७ हजार ७२३ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र ३५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
दार्चुलामा ९५ हजार ८०१ अपेक्षित जनसङ्ख्यामध्ये २८ प्रतिशतले पूर्ण मात्रा र ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बैतडीमा एक लाख ७६ हजार २९१ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । डडेल्धुरामा एक लाख पाँच हजार २९१ अपेक्षित जनसङ्ख्यामध्ये २० प्रतिशतले पूर्ण मात्रा र २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
डोटीमा एक लाख ४० हजार ८२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा र २६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । अछाममा एक लाख ९१ हजार २७० अपेक्षित जनसङ्ख्यामध्ये २४ प्रतिशतले पूर्ण मात्रा र २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कैलालीमा छ लाख ३४ हजार ६४४ अपेक्षित जनसङ्ख्यामध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कञ्चनपुरमा तीन लाख ५२ हजार ९६२ अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाएको डा. दाहालले बताउनुभयो ।
सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत, पुष मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङ्ख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?