logo
२०८० चैत्र १६ शुक्रवार

   दुर्घटना उपचार केन्द्र   



निर्माण प्रक्रिया थालियो

राष्ट्रिय |


निर्माण प्रक्रिया थालियो


भउचप्रसाद यादव

काठमाडौँ, असोज १७ गते । ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको महìवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल निर्माणका लागि थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा छ करोड रुपियाँ निकासा भएर आएको छ । ” उहाँले भन्नुभयो, “७५० श-या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन निर्माण कार्य भइसकेको छ ।
सरकारको करिब १४ अर्ब रुपियाँ र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको करिब चार अर्ब रुपियाँको लागतमा सो अस्पताल निर्माण गर्न लागिएको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले छाउनीमा सैनिक अस्पताल निर्माणका लागि नेपाली सेनाले मन्त्रालयसँग बजेट माग गरे पनि अहिलेसम्म निकासा नभएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?