logo
२०८१ बैशाख ११ मंगलवार



पैंतीस दलित परिवारलाई एउटा खानेपानी धारा

खुला |
प्रदेश |


पैंतीस दलित परिवारलाई एउटा खानेपानी धारा


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज ८ गते । डडेल्धुराको अमरगढी नगरपालिकामै रहेका दलित समुदायका परिवारहरु प्रयाप्त पिउने पानीबाट बञ्चित भएका छन् । अमरगढी नगरपालिका २ जोशिना गाउँमा रहेका ३५ दलित घर परिवारले एउटै धाराबाट पानी लिनुपर्ने बाध्यता रहेको स्थानीय नरेशबहादुर सार्कीले बताउनुभयो ।

“एउटै धाराबाट ३५ परिवारले पालैपालो पिउने पानी भर्ने गर्छौ पानी भर्ने पालो कुर्दाकुर्दै आधा दिन पानी भर्नमै बित्नेगरेको छ” समुदायका सदस्यले भन्नुभयो । चैतदेखि जेठसम्म धारामा आउने पानीको मुहान सुक्ने भएकोले उक्त समयमा एक घण्टा टाढा मगराउ भन्ने ठाँउबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको विन्दुदेवी सार्कीले बताउनुभयो ।

हेल्बेटास नेपालको सहयोगमा करिब बाह्र वर्ष पहिले दलित समुदायमा निर्माण गरिएको उक्त धाराबाहेक हालसम्म कुनै पनि खानेपानीको योजना गाउँमा नआउँदा खानेपानीको थप समस्या हुदैगएको स्थानीय सुरेन्द्र सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले स्थानीय सरकार निर्माण भएपछि खानेपानीको समस्या समाधानका लागि वडादेखि नगरपालिकासम्म आग्रह गरेका थियौं, तर कतैबाट पहल भएन ।”

जोशिना गाउँकालागि गजरे मुहानबाट खानेपानी ल्याई ट्याङ्कीसम्म लग्ने काम भइरहेकाले चाडैँ खानेपानीको समस्या समाधान हुने अमरगढी नगरपालिका २ का वडाअध्यक्ष मनोरथ खडायतले बताउनुभयो । जोशिना, कारिगाउँ लगायतका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि दुई करोड रुपियाँको लागतमा खानेपानी योजनाको टेण्डर प्रक्रिया सम्पन्न भैसकेकाले चाँडै काम सुरु हुने अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?