logo
२०८१ बैशाख १२ बुधवार



पौडी खेल्दा खोलाले बगाउँदा एक युवा बेपत्ता

खुला |
प्रदेश |


पौडी खेल्दा खोलाले बगाउँदा एक युवा बेपत्ता



नवीन शिशिर विक
बागलुङ, असोज ७ गते । बागलुङको बडिगाड गाउँपालिका खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता हुनुभएको छ ।
निसीखोला गाउँपालिका–६ घर भई बडिगाड गाउँपालिका–५ खारामा कोठा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र विक बेपत्ता हुनुभएको हो ।
बडिगाड खोलाको काली दहमा पौडिन जानु भएको विकलाई अकस्मात खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिनुभयो । विक साथीहरुसँग खोलामा बालुवा झिक्न जानुभएको थियो ।
बिहीबार दिउँसो साढे एक बजेको समयमा चर्काे घाम लागे पछि साथीहरु सितल खोज्दै खोला भन्दा केही पर गएका थिए । विक गर्मी छल्न पौडी खेल्न गएको उहाँका साथीको भनाई उदृत गर्दै प्रसनी न्यौपानेले बताउनुभयो । बेपत्ता विकका आफ्न्ता, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेला पर्नुभएको छैन । उहाँले लगाएको कपडा खोला किनारमा फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?