logo
२०८१ बैशाख ११ मंगलवार



झापामा दसैँ अगाडि नै जुवा, १७ जुवाडे पक्राउ

खुला |


झापामा दसैँ अगाडि नै जुवा, १७ जुवाडे पक्राउ


लीलाराज झापाली

बिर्तामोेड, असोज ६ गते । दसैँअघि सोह्र श्राद्ध लागेसँगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मङ्गलबार राती ४ लाखभन्दा बढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ११.३० बजे दमक १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडिपट्टि जस्ताको छाना भएको एकतले भान्सा कोठामा पैसाको बाजी थापी कौडा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । कौडा खेलिरहेको ठाउँबाट १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउनुभएको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर न.पा. वडा नं ७ बस्ने ५१ वर्षीय युवराज न्यौपाने, सोही नगरपालिका वडा नं ९ बस्ने वर्ष ४९ का दिलबहादुर राई, बिर्तामोड १ बस्ने वर्ष ४२ का तीर्थ अधिकारी, भद्रपुर वडा नं १० बस्ने वर्ष ५० का ठाकुरप्रसाद निरौला, गौरादह वडा नं ५ बस्ने वर्ष ४५ का हरि कोइराला, कमल वडा नं ४ बस्ने वर्ष ४७ का सुबिन्द्र सुब्बा, कन्काई वडा न. ३ बस्ने वर्ष ३२ का मोहन बराल, सोही ठाउँ बस्ने वर्ष ३२ का सुनिल साह, मोरङ ग्रामथान वडा नं ४ बस्ने वर्ष ५७ का लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका ५ बस्ने वर्ष ४२ का नैनकुमार चौधरी, वडा नं ६ बस्ने वर्ष ४४ का रुपेश तामाङ, पथरी शनिश्चरे वडा नं ४ बस्ने वर्ष ४० का बलराम बस्नेत, वडा नं १ बस्ने वर्ष ४३ का गङ्गाराम मगर, बेलबारी वडा नं ११ बस्ने वर्ष २१ का निशान पोखरेल, दमक नगरपालिका वडा नं.७ वस्ने वर्ष ४९ का कर्ण राई, सोही ठाउँका वर्ष ४० का राजन दाहाल र दमक ३ बस्ने वर्ष ३४ का विनोद थेबे छन् ।

नियन्त्रणमा लिएकामध्ये भद्रपुर १० बस्ने वर्ष ५० का ठाकुरप्रसाद निरौला भाग्ने क्रममा हामफाल्दा दुबै खुट्टाको पैतालामा चोट लागेर लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?