logo
२०८१ बैशाख ८ शनिवार



टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता युवती मृत फेला

खुला |


टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता युवती मृत फेला



अमरराज नहर्की
तनहुँ, असोज ५ गते । टिकटिक बनाउँदा बेपत्ता भएकी तनहुँकी युवती सात दिनपछि मङ्गलबार दिउँसो मृत अवस्थामा फेला पर्नु भएको छ ।
भिमाद नगरपालिका–७ मा सेतीनदी किनारमा बेपत्ता हुनु भएकी १९ वर्षिया पवित्रा लम्सालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । गत भदौ २९ गते साथीसँग घुम्न जाने क्रममा शुक्लागण्डकी नगरपालिका– ७ रकगार्डेनमा टिकटिक बनाउने क्रममा लम्साल नदीमा खस्दा बेपत्ता हुनुभएको थियो । रकगार्डेन नजिकैको लालिम माईती घर भएकी लम्साल विवाह भएको पाँच दिनपछि दुरुन फर्काउन माईती घर आउनु भएको थियो । साथीलाई टिकटकको भिडियो खिच्न लगाउनुभएको थियो ।
नदीको नजिक नजाउ भन्दा भन्दै पनि अटेर गरी टिकटिक बनाउन नदी छेउमा पुग्दा पानीमा खस्न पुग्नुभएको भिडियो सार्वजानिक भएको थियो । ‘‘टिकटक बनाउँदा चिप्लिएर खसेको हो या लम्साल आफैँ नदीमा गएकी हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको छ’’ डिएसपी तिमिल्सिनाले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?