logo
२०८१ बैशाख ८ शनिवार



मालढुङ्गा–बेनी सडक स्तरोन्नति सुरु

खुला |


मालढुङ्गा–बेनी सडक स्तरोन्नति सुरु



ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ५ गते । उत्तर – दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा – बेनी सडक खण्डलाई स्तरोन्नति गरेर दुई लेनको बनाउन सुरु गरिएको छ । सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि सडक स्तरोन्नति नहुँदा १३ किलोमिटरको यात्रा असहज थियो । साघुरो र जिर्ण सडकका कारण यात्रुहरुले असहज भोग्दै आएका थिए ।

पर्वतको मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

यो सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरु गरेको सञ्चालक अमृत दाहालले बताउनुभयो ।

हाल कालोपत्रे सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाले जनाएको छ । तिस महिना भित्र सडक निर्माण सम्पन्न गर्ने गरी काम आगडि बढाइएको बेनी जोमसोम कोरोला सडक आयोजनाका प्रमुख अश्विनीकुमार यादवले बताउनुभयो । २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो ।

यसैगरी आयोजनाको तातोपानी,गलेश्वर खण्डमा पनि काम भइरहेको छ । दशैंतिहारपछि गलेश्वरदेखि तातोपानी सम्मको सडकमा कालोपत्रेको काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । म्याग्दीको दानामा पर्ने काभ्रेभिरमा विष्फोटक प्रदार्थको प्रयोग गरेर भीर काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?