logo
२०८१ बैशाख ४ मंगलवार



केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नहुदाँ जोखिम

खुला |


केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नहुदाँ जोखिम
 कावासोती र शैखदेब जोड्ने पक्की पुल मर्मत नहुँदा आवागमन बन्द । ज्ञानु पंगेनी, कावासोती


ज्ञानु पंगेनी
कावासोती, असोज ५ गते । कावासोती नगरपालिका वडा नं १ र हुप्सेकोट गाउँपालिका शंखदेव जोड्ने केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नहुदाँ जोखिम बनेको छ ।
शंखदेवतर्फ पुलको एक भाग सबै नदीले कटान गर्दा पुलबाट आवतजावत गर्न निकै जोखिमपूर्ण बनेको छ । ठूला सवारी वारपार गर्नै नमिल्ने भएको छ भने, साना दुई पाङ्ग्रे सवारी पनि निकै कठिनले वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीय सृष्टि चापागाईंले बताउनुभयो । पुलको एक साईडमा मात्रै ( ब्याच पिलिङ्ग) थोरै बाँकी छ ।
‘पुलमा आवतजावत गर्दा कुनै दुर्घटना हुने हो कि ? भन्ने त्रासै त्रासमा यात्रा गर्नुपर्छ । कहिलेकाँही नयाँ ठाउँबाट आएका ठूलासाना सवारी सिधैँ आउने गर्दा, स्थानीय पुलमा कुरेर बस्नुपर्ने बाध्यता भएको छ । नभए सिधै पुलबाट हिँड्दा तल खसिन्छ । ’ चापागाईंले भन्नुभयो ।

रातिको समयमा सवारी साधन हिदँडा दुर्घटना हुने अवस्था बनेको उहाँले बताउनुभयो । पुलमा दुर्घटना हुन सक्छ भन्ने कुनै संकेत राख्नुपर्ने अवस्था देखिएको छ । तर , उक्त सडकमा संकेत समेत नहुँदा नयाँ मानिस उक्त पुलबाट यात्रा गर्दा जोखिम बनेको छ ।
पुलमा क्षती पुगेको दुई महिना बितिसक्दा पनि सम्बन्धीत निकायले मर्मतमा चासो नदिएको भन्दै स्थानीयले आक्रोस समेत व्यक्त गरेका छन् । छिटोभन्दा छिटो पुलको मर्मत गर्न स्थानीयले माग गरेका छन् । गत असार महिनामा आएको अविरल वर्षाले पुलमा क्षती पु¥याएको थियो ।

कावासोती वडा नं १ का अध्यक्ष नारायण पन्तले निर्माण व्यवसायीसँग पुल मर्मतका लागि कुरा गरिरहेको भए पनि बजेट पास नहुँदा सम्म काम गर्न नसक्ने जनाएको बताउनुभयो । पुलको तत्कालै मर्मत् गर्नुपर्ने देखिए पनि आफूहरुबाट काम गर्न सक्ने अवस्था नरहेको र निर्माण व्यवसायीले गर्नुपर्ने भएकाले केही ढिलाई हुन पुगेको उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?