logo
२०८० चैत्र १६ शुक्रवार



आजबाट सोह्रश्राद्ध

खुला |


आजबाट सोह्रश्राद्ध



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । मङ्गलबार (भदौ कृष्ण प्रतिपदा)बाट सोह्रश्राद्व सुरु हुँदै छ । बडादसैँको समीपमा पितृकार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गरिने यो पितृकार्य अति पवित्र मानिन्छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले घाटमा कोषअन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृकार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिइएको बताउनुभयो ।
प्रत्येक औँसी पितृ पक्ष भए
पनि यो असोजको सोह्रश्राद्ध
महŒवको मानिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?