logo
२०८१ बैशाख ८ शनिवार

  मादी हत्याकाण्ड फलाेअप  



हत्यामा संलग्न भएकाे आराेपमा थप चारजना प्रहरीद्वारा सार्वजनिक

खुला |


हत्यामा संलग्न भएकाे आराेपमा थप चारजना प्रहरीद्वारा सार्वजनिक
तस्बिर : ध्यान कुलुङ


ध्यान कुलुङ
सङ्खुवासभा, असोज ४ गते । मादी नगरपालिकामा भएको हत्याकाण्डको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका छ जनाको हत्यामा संलग्न भएकाे आराेपमा लोकबहादुर कार्कीकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा रणबहादुर, भाई नरेश, काका खड्गबहादुर, र भाई हस्त कार्की (खड्गबहादुरका छोरा) लाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु घटनामा आफै संलग्न भएकाे पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । लोकबहादुरको काकाको परिवार यसअघि नै छुट्टिएर अर्कै परिवारको रुपमा बस्दै आएका थिए । पछिल्लो पटक पक्राउ परेका चार जनालाई कर्तब्य ज्यान कसुर अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाईएको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताउनुभयो ।
कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आइतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशको बयानको आधारमा अन्य चार जनालाई गत शनिबार  प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ २१ गते सोमबार बिहान वर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा वर्ष ८४ की पार्वता, श्रीमती ५४ की कमला, वर्ष २८ की बुहारी रञ्जना, वर्ष ११ का नाति दिपेन र वर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाइल लोकबहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटनास्थलमै खटिएका छन् ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?