logo
२०८१ बैशाख ७ शुक्रवार



इन्द्रदहमा मेला

खुला |


इन्द्रदहमा मेला
फाइल तस्बिर


भादगाउँ, असोज ४ गते । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गर्न भक्तजन घुइँचो लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर इन्द्रदहमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा रहेको छ । यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन छ ।

दहमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन् । अनावृष्टि हुँदा दहमा आई वासुकी नागलाई पूजा गर्ने र जल वृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन छ । आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?