logo
२०८१ बैशाख १३ बिहीवार



सवारी दुर्घटनामा १८ यात्रु घाइते 

खुला |


सवारी दुर्घटनामा १८ यात्रु घाइते 



जानु पाण्डे
कपिलवस्तु, असोज २ गते । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटना भएको थियो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनुभयो ।
दुर्घटनामा सामान्य घाइते भएको १३ जना को स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मध्यम घाइते भएका पाँच जनालाई थप उपचारका लागि बुटवल लगिएको छ । तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई सवारी दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताउनुभयो । दुर्घटनापछि सवारी चालक फरार रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?