logo
२०८१ बैशाख १३ बिहीवार



ट्रक दुर्घटनामा चालकको मृत्यु, एक घाईते

खुला |


ट्रक दुर्घटनामा चालकको मृत्यु, एक घाईते


अमरराज नहर्की
तनहुँ, असोज १ गते । पृथ्वीरार्जमा पर्ने व्यास नगरपालिका–१२ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 
डुम्रेबाट दमौली जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक सडकबाट १० मिटर तल बुल्दी खोलामा पल्टँदा घटनास्थलमा नै चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । करिब २८, २९ वर्षका चालकको नाम थर वतन खुली नसकेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा नवलपरासी कावासोती निवासी १४ वर्षका राजकुमार विक घाइते हुनु भएको र उहाँको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राती १२ बजे भएको थियो । चालक निदाएको कारणले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?